December 5, 2023

मुलुकलाई राष्ट्रिय एकताको बाटोमा लैजानुपर्ने: मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई राष्ट्रिय एकताको बाटोमा लैजानुपर्ने आजको आवश्यकता रहेको बताउनुभएको छ । प्रेस युनियनले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सञ्चार मन्त्री कार्कीले एकतावद्ध भएर मुुलुकलाई अघि बढाउनुपर्ने र यसका लागि सद्भावको बाटो समात्नुपर्ने बताउनुभएको हो । उहाले फरक फरक भूमिकामा रहेकाहरुले पनि मुलुकलाई समृद्धको बाटोमा अघि बढाउन एकताबद्ध हुनुपर्ने धारणा राख्नुभयो । १० बर्षमा धनी र सुन्दर शान्तिको देश बनाउनका लािग पनि अग्रसर हुनुपर्ने उहाको भनाई छ । उहाले मुलुकलाई अघि बढाउन देखिने चूनौतीहरुलाई पनि समाधान गर्दै लैजानुपर्ने जिकिर गर्नुभयो । उहाले समृद्धिबिना समाजलाई गतिशिलता दिन नसक्ने भन्दै जनताको आकांक्षालाइ पुरा गर्न संविधानको सफल कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाले सञ्चार क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न सरकार प्रतिवद्ध रहको उल्लेख गर्नुभयो ।

कार्यक्रममा फोनिज र सञ्चारीका समूहको नयाँ नेतृत्व लगाएतलाई सम्मान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *