July 30, 2021

मृत अवस्थामा भेटिएकी महिला हत्या अभियोगमा एक व्यक्ति पक्राउ

Dead' man returns home alive after family wrongly identifies body | Latest  News India - Hindustan Times

काठमाडौंको दक्षिणकालीमा मंगलबार मृत अवस्थामा भेटिएकी महिला सन्तोषी सुब्बाको हत्या अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।महानगरीय अपराध महाशाखाले बिहीबार पत्रकार सम्मेलन गर्दै सुब्बाको हत्यामा सन्धुपाल्चोकको चौतारा साँगाचोकगढी घर भई हाल दक्षिणकाली नगरपालिका ७ बस्ने सुरेश तिमल्सिना संलग्नता रहेको जनाएको हो ।सहचालक समेत रहेका तिमल्सिनालाई प्रहरीले बिहीबार नै सार्वजनिक गरेको थियो । असार ६ गते सन्तोषीले आफूलाई बस्ने खाने समस्या भएको बताएपछि सुरेशले गाँस बासको व्यवस्था मिलाईदिने भन्दै आफुसंगै लगेको प्रहरीले जनाएको छ ।

सुरेशले सन्तोषीलाई बलात्कारको प्रयास गरेपछि प्रतिकार गर्न खोज्दा सलले घाँटी कसेर हत्या गरेको र हत्यापछि अनुहार नचिनियोस् भनेर ढुंगाले हानेर बिगारिएको अनुसन्धानबाट खुलेको महाशाखाका एसएसपी चन्द्रबहादुर खापुङले जानकारी दिनुभयो ।टोलीले सुरेशलाई बिहीबार कमलाक्षीबाट नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको उहाले बताउनुभयो ।सन्तोषीको शव गएको मंगलबार दिउँसो करिब ३ बजेतिर दक्षिणकालीको शौचालयमा भेटिएको थियो ।

Leave a Reply

Your email address will not be published.