October 23, 2021

मेडिकल कलेज र सरकारबीच भएको सम्झौता मगाउने निर्णय

Manipal College of Medical Sciences, Nepal: Fees & Admission Process

प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले पोखरास्थित मणिपाल मेडिकल कलेज र सरकारबीच भएको सम्झौता मगाउने निर्णय गरेको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले सरकार र मेडिकल गुप्रबीच भएको सम्झौता समितिलाई उपलब्ध गराउन सरकारलाइ निर्देशन दिएको हो । समितिले सम्झौता अध्ययन गरेर सरकारलाई आवश्यक निर्देशन दिने समिति सभापति समिति सभापति जयपुरी घर्तीले जानकारी दिनुभयो । त्यसअघि बैठकमा सांसदहरुले मेडिकल कलेज किनबेच भएको बिषयमा सरकारले स्पष्ट पार्नुपर्ने बताएका थिए । सांसद खगराज अधिकारीले सम्झौताको प्रति मगाएर समितिले अध्ययन गर्नुपर्ने बताउनुभयो । उहाले मणिपाललाई शेयर बेच्ने अधिकार नरहेको भन्दै यस बिषयमा आएका समाचारहरुका बारेमा सरकारले तथ्य सार्वजनिक हुनुपर्ने उल्लेख गर्नुभयो ।सांसद मानबहादुर विश्वकर्माले मणिपाल समूहले चलाउन नसक्ने भए मेडिकल कलेज सरकारलाई हस्तान्तरण गर्नुपर्ने धारणा राख्नुभयो । उहाले सरकारसंग भएको सम्झौताका बारेमा शिक्षा मन्त्रालयले स्पष्ट पार्नुपर्ने बताउनुभयो । बैठकमा शिक्षा मन्त्रालयका सहसचिव हरिप्रसाद लम्सालले मेडिकल कलेज बिक्रि भएकोबारे आफुहरूलाई कुनै जानकारी नभएको बताउनुभयो । उहाले ४९ बर्षका लागि भएको सम्झौतामा बिदेशी लगानीमा सञ्चालित मेडिकल कलेज भएको उल्लेख गरिएको र अहिले पनि कायम रहेको जिकिर गर्नुभयो ।

त्यस्तै बैठकले चीन, जापान लगायतका देशमा कोभिड–१९ का कारण उच्च शिक्षा लिन जान नपाएका विद्यार्थीहरूलाई पठाउनका लागि कूटनीतिक पहल गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकले सन् २०१५ र १६ औँ ब्याचका चीनमा अध्ययन गरेका विद्यार्थीलाई नेपालमै इन्टर्नसिप गर्ने व्यवस्था मिलाउन नेपाल मेडिकल काउन्सिललाई निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published.