August 2, 2021

मेलम्ची नगरपालिकामा पर्ने नदी किनारका क्षेत्रमा ठूलो क्षति

More than 50 people missing in Melamchi flood - myRepublica - The New York  Times Partner, Latest news of Nepal in English, Latest News Articles

मेलम्ची खोलामा एक्कासी आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा पर्ने नदी किनारका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ ।बाढीका कारण क्षती भएका सडक खुलाई घाइते र बीचबाटोमा अलपत्र सर्वसाधारणलाई गन्तव्यमा पठाउनका लागि प्रयास भइरहेको छ । बाढीका कारण सो क्षेत्रमा मोटरेवल पुल र झोलुङ्गे पुलहरु बगाएको हेलम्बु गाँउपालीकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बाढी पछि सडक यातायातलाई सुचार गर्न सके सर्वसाधारणलाई राहतका साथै अन्य व्यवस्था गर्न सहज हुने बताउनुभयो । बाढी पछिको अवस्था बुझ्न मेलम्ची पुग्नुभएका कांग्रेस नेता मोहन बस्नेतको टोलीसंग उहाले एक्कासी आएको बाढीबाट क्षतिको पूर्ण रुपमा बिबरण नआएपछि सवै व्यवस्था स्थानीय तहले गर्ने बताउनुभयो । अहिले भने तत्काल सडक खुलाउनका लागि नै सरकारले ध्यान दिनुपर्ने उहाले जिकिर गर्नुभयो ।सो क्रममा कांग्रेस नेता बस्नेतले सर्वसाधारणलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था गर्नुपर्ने र अन्य क्षती भएका पूर्वाधार निर्माणका लागी आफुहरु जुट्ने बताउनुभयो । प्राकृतिक प्रकोपबाट भएको क्षतीबाट समस्यामा परेको जनतालाई छिटो भन्दा छिटो राहत उद्धारका काम गर्ने उहाको भनाई छ ।

स्थानीयहरुले रातीको बाढिबाट धेरै बासिन्दा हराइरहेको बताए । उनीहरुले खोलाको वहाव कहिले घट्ने र कहिले बढ्ने गर्दा त्रास बढेको बताएका छन् । राती खोलाको वहाव घटेपछि सामान निकाल्न खोला छेउका स्थानमा पुग्दा पुन बहाव बढेको र झन ठूलो क्षती भएको उनीहरुले बताए ।बाढी पछि सो क्षेत्रमा सुरक्षाकर्मी लगाएत स्थानीय उद्धारमा खटिएका थिए । सम्भावित अन्य दुर्घटनालाई मध्यनजर गर्दै स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रशासनले जनाएको छ ।

This image has an empty alt attribute; its file name is vediography2-1.gif

Leave a Reply

Your email address will not be published.