December 6, 2022

मौन अवधिमा आचारसंहिता उलंघन गर्नेलाई स्पष्टीकरण सोधिएको छ: निर्वाचन आयोग

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मौन अवधिमा आचारसंहिता उलंघन गर्नेलाई स्पष्टीकरण सोधिएको जनाएको छ । बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मौन अवधिमा आचारसंहिता उल्लंघन गरेको भन्दै बिभिन्न दलका नेता लगाएतलाई स्पष्टिकरण सोधिएको जानकारी दिनुभयो । अहिलेसम्म ६६ वटा स्पष्टीकरण सोधिएको उहाले बताउनुभयो । त्यस्तै उहाले स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको र स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा बनाउने वातावरण बनेको बताउनुभयो ।

निर्वाचनलाई सफल बनाउनका लागि आफ्नो ठाँउबाट भूमिका खेल्न आयोगले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published.