November 21, 2022

यस वर्षको वडा दशैं सोमबारबाट शुरु

यस वर्षको वडा दशैं सोमबारबाट शुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिएको छ । हुनमान ढोकास्थित दसैं घरमा पनि विधिवत रुपमा घटस्थापना गरिएको छ । विधिवत् मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साइत १०ः२३ बजे जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाले मंगल धुन बजाएको थियो भने बन्दुक पड्काएर बढ्याइँ गरिएको थियो । बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिएको मूल पुजारी सागर खरेलले जानकारी दिनुभयो । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ ।

जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।

Leave a Reply

Your email address will not be published.