October 10, 2021

यस वर्षको शैक्षिक सत्र जेष्ठमा मात्र सकिने

Image result for krishna gopal shrestha

कोरोना महामारीका कारण यस वर्षको शैक्षिक सत्र जेष्ठमा मात्र सकिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोना कारण यस बर्षको शैक्षिक सत्रलाई १४ महिनाको बनाइएको बताउनुभयो । मंगलबार काठमाडौंको किर्तिपुरस्थीत सफलता एचआइभी शिक्षा सदनले आयोजना गरेको सरस्वती पूजामा सहभागी भएपछि सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री श्रेष्ठले जेष्ठ महिनामा नै एसइइ परिक्षा हुने र संघीय सरकारले नै एसइइ परिक्षा लिने उहाले बताउनुभयो ।

उहाले नयाँ शैक्षिक सत्र एसइइ परिक्षा सकिएपछि असार १ गतेबाटै सुरु हुने जानकारी दिनुभयो । मन्त्री श्रेष्ठले यस वर्ष १४ महिनालाई शैक्षिक सत्र मान्ने र अर्को वर्ष १० महिनामै शैक्षिक सत्र सक्ने गरी व्यवस्थापन गरिएको उल्लेख गर्नुभयो ।
त्यस्तै मन्त्री श्रेष्ठले शिक्षक सेवा आयोगमा सिफारिस भएका व्यक्तिहरुको नियुक्तीका लागि मन्त्रालयले तयारी गरिरहेको जानकारी दिनुभयो । उहाले बिधि प्रक्रियाका आधारमा अध्ययन गरेर अन्तिम छनौट गरिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.