December 5, 2023

याँ सरकार गठनका लागि कांग्रेस अगाडी बढ्न नसकने

Nepali Congress - Wikipedia

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारलाई माओवादीले दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनका लागि कांग्रेस अगाडी बढ्न नसकने बताउनुभएको छ ।आइतबार बूढानीलकण्ठमा श्रीराम श्रेष्ठ लिखित ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ पुस्तक विमोचन गर्दै सभापति देउवाले वर्तमान सरकार बहुमत कै हैसियतमा रहेकाले माओवादीले समर्थन फिर्ता लिए मात्र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने बताउनुभएको हो ।

सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण सरकार बहुमतकै अवस्थामा रहेकाले बहुमतको सरकारसँग निहुँ नखोज्ने पनि सभापति देउवाको भनाइ छ । उहाले देउवाले प्रधानमन्त्री पद आफ्नो प्राथमिकतामा नरहेको बताउनुभयो । तर परिस्थितिले नेतृत्व गर्नैपर्ने अवस्था सृजना भए पछि नहट्ने उहाले बताउनुभयो ।सर्वोच्चको आदेशपछि नेकपाभित्रका दुई पक्ष पुरानै दलमा फकिएको भन्दै उहाले नेपालको राजनीतिक महत्वपूर्ण मोडमा उभिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *