


राजधानीमा जारी सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले खुमलटार युथ क्लबलाई पराजित गरेको छ । शुक्रबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा सातदोबाटोले खुमलटार युथ क्लबमाथि ३–२ गोलको जित निकालेको हो । सातदोबाटोको जितमा दोर्जे तामाङ, आशिष राई र भुवन बस्नेतले एक एक गोल गरे ।
खुमलटारका सबिन केसी र आदिल हमिदले एक एक गोल फर्काए । जितसँगै सातदोबाटोले ७ खेलमा १९ अंक जोडेको छ । सातदोबाटो शीर्ष स्थानमा यथावत रहेको छ । खुमलटारले ७ खेलमा १६ अंक जोडेको छ । खुमलटार लिगको दोस्रो स्थानमा रहेको छ ।
