July 13, 2024

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार चौथो जित

काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार चौथो जित निकालेको छ । चौथो जित निकाल्ने क्रममा सुदूरपश्चिमले प्रदेश १ माथि २१३ रनको बिशाल जित निकालेको हो । सुदूरपश्चिमले दिएको २६५ रनको लक्ष्य पन्छाएको प्रदेश १ , १६.३ ओभर खेल्दा ५१ रनमा समेटियो । उसका लागि भुपाल डंगोलले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदूरका हेमन्त धामीले ५, आकाश चन्दले ३ र मिलन बोहराले २ विकेट हात पारे । त्यसअघि त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतीमा २६४ रन बनायो । उसका कप्तान अनुराग सिंहले ८३, मिलन बोहराले ६४ रनको योगदान गरे । प्रदेश १ का अभिनय राजबंशीले ४,आशिष मगर र दिपेश कडेलले २÷२ विकेट हात पारे । त्यस्तै मुलपानी मैदानमा गण्डकी प्रदेशलाई लुम्बिनी प्रदेशले ४ विकेटले पराजित गर्यो । १६२ रनको लक्ष्य लिएर मैदान उत्रेको लुम्बिनीले ३९ दशमलव २ ओभर खेल्दै ६ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । त्यसअघि पहिलो व्याटिङ गरेको गण्डकी ३६ दशमलव ३ ओभर खेल्दा १ सय ६१ रनमा समेटियो ।

प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।

One thought on “यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार चौथो जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *