November 21, 2022

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको वास्तविक तथ्याङ्क संकलन गरिने

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको वास्तविक तथ्याङ्क संकलन गरिने बताउनुभएको छ । मंगलबार मन्त्रालयले काठमाडौंमा आयोजना गरेको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय र अन्य सरोकारवालाबीचको अन्र्तक्रिया कार्यक्रममा उहाले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले धेरै समस्या भोग्नुपरेको भन्दै वास्तविक तथ्याङ्क संकलन गरेर समस्या समाधानको प्रयास गरिने बताउनुभएको हो । उहाले आफ्नो पहिचान सहितको नागरिकता नपाउने अवस्थालाई समेत अन्त्य गरिने प्रतिवद्धता जनाउनुभयो । मन्त्री रेग्मीले आफ्नो अधिकार प्राप्तीका लागि संघर्ष गर्नुपर्नेमा जोड दिनुभयो । उहाले संगठीत भएर आवाजलाई बुलन्द बनाएर अघि बढे अधिकार प्राप्तीमा सहज हुने बताउनुभयो ।

उहाले मुलुकका सवै नागरिकको अधिकार प्रत्याभूत गर्ने जिम्मेवारी राज्यको भएपनि बिभिन्न कारणले यसमा पर्याप्त ध्यान पुग्न नसकेको उल्लेख गर्नुभयो । कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका प्रतिनिधिहरुले राज्यले आफूहरुको समस्यमाका बारेमा गम्भीरता दिन नसकेको गुनासो गरेका थिए ।

Leave a Reply

Your email address will not be published.