July 29, 2021

रकम भुक्तानी गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन

संसदीय समितिले सात दिन भित्र उखु किसानको बक्तौता रकम भुक्तानी गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सात दिन भित्र उखु किसानको बक्तौता रकम भुक्तानी गर्ने व्यवस्था मिलाउन र सोको जानकारी समितिलाई गराउन उद्योग मन्त्रालयलाई निर्देशन दिएको हो ।समिति सभापति बिमल श्रीवास्तावले उखु किसानको भुक्तानीको समस्याप्रति गम्भीर भएर भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको जानकारी दिनुभयो ।त्यस्तै बैठकले श्रमिकले पाउने तलव सुविधा लगाएतका अवस्थाका बिषयमा स्थलगत छानविन गरि १५ दिनभित्र प्रतिवेदन पेश गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको उहाले बताउनुभयो ।बिमल श्रीवास्तव, सभापति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई पक्राउ नगर्न भन्दै नेताहरुको नै फोन आएको गुनासो गर्नुभयो । उखु किसानको हितमा आफुले निरन्तर काम गरेको र अव पनि गर्ने भन्दै कसैको फोनको भरमा पछि नहट्ने तर्क गर्नुभयो । उहाले उखु किसानहरुको वक्तौता उद्योगीले तिर्नुपर्ने भन्दै यसका लागि सरकार जस्तो सुकै कठोर नीति लिन पनि तयार रहेको बताउनुभयो ।

लेखराज भट्ट, मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिछलफलका क्रममा चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले उद्योगीहरु किसानको रकम भुक्तान गर्न तयार रहेका बताउनुभयो । उहाले भारतीय चिनी नेपाल भित्राउदा आफुहरु घाटामा गएकै कारण भुक्तानीमा ढिलाई भएको तर्क गर्नुभयो । सरकारले स्थानीय उद्योगीहरुको चिनी बिक्रि गर्ने वातावरण सरकारले बनाइदिनुपर्ने उहाको भनाई छ ।शशिकान्त अग्रवाल, अध्यक्ष, चिनी उत्पादक संघबैठकमा सांसदहरुले चिनी मिल सञ्चालकहरुले नियतवस नै किसानहरुको रकम भुक्तान नगरेको आरोप लगाएका थिए । किसानको रकम भुक्तान गराउन सरकार गम्भीर हुनुपर्ने उनीहरुको भनाई छ । लामो समयदेखि आफुहरुले रकम नपाएको भन्दै उखु किसानहरुले काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् तर सर्लाहीका चिनी मिल सञ्चालहरुले काठमाडौंको माइतिघरमा धर्नामा बसेकाहरु उखु किसान नभएर बिचौलिया मात्र भएको आरोप

Leave a Reply

Your email address will not be published.