July 13, 2024

रक्तदान गर्नु जीवन दान गर्नु सरह भएकाले रक्तदान गर्न आवश्यक

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले रक्तदान गर्नु जीवन दान गर्नु सरह भएकाले सबैले रक्तदान गर्न आवश्यक रहेको बताउनुभएको छ ।मंगलबार १४ औँ संघीय संसद सेवा दिवस २०७७ को अवसरमा सिंहदरबारमा आयोजित रक्तदान कार्यक्रम बोल्दै सभामुख सापकोटाले सबैलाई रक्तदान गर्न आह्वान गर्नुभएको हो । उहाँले सामान्य अवस्थामा रगत अभाव हुने गरेकामा अहिले कोरोना महामारीका कारण झनै रगत अभाव भइरहेको भन्दै रक्तदान गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले कोरोना महामारीलाई १ सय वर्ष यता मानव जातीले बेहोरेको सबै भन्दा ठूलो संकट भन्दै कोरोना संक्रमण मुक्त भएकाहरुलाई प्लाज्मा दान गर्न समेत आग्रह गर्नुभयो ।संघीय संसद सेवा दिवसका अवसरमा आयोजना गरिएको रक्तदानमा सांसद लगायत संसद सचिवालयका कर्मचारीहरुले रक्तदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *