December 3, 2022

रक्षामन्त्री मीनेन्द्र रिजालले पदबाट राजीनामा

Nepal considers bilateral relationship with India to be important;  aggression shouldn't have any place in ties'

रक्षामन्त्री मीनेन्द्र रिजालले पदबाट राजीनामा दिनुभएको छ । १४ औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार बन्नुभएका रिजालले पराजयसँगै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउनुभएको हो । राजीनामा दिएपछि रक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै रिजालले पार्टीभित्र आफ्नो अवस्थाबारे सोचेर पदबाट राजीनामा दिएको बताउनुभयो ।

उहाले पार्टीभित्र आफ्नो अवस्था अत्यन्त संकुचित भएको जिकिर गर्नुभयो । रिजालले आफू राजनीतिमै रहने वा नरहने निष्कर्षमा नपुगेको भन्दै राजीनामा निर्णय आफूले भावावेशमा नगरेको बताउनुभयो । पत्रकार सम्मेलनमा उहाले अब के गर्ने भन्ने विषयमा गम्भीर रुपमा सोच्ने पनि बताउनुभयो । महामन्त्री पदको मतगणनामा मन्त्री रिजालले ८ सय ९ मत मात्रै हासिल गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.