April 15, 2024

रघुवीर महासेठले वैशाख तोकिएकै मितिमा निर्वाचन

Nirwachan Ayog | Emountain TV English

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुवीर महासेठले वैशाख १७ र वैशाख २७ गते तोकिएकै मितिमा निर्वाचन हुने दाबी गर्नुभएको छ । केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै मिलेर चुनावमा जाने पनि उहाले बताउनुभयो । रिपोर्टर्स क्लब नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महासेठले अध्यक्षद्धय ओली र प्रचण्ड मिलेर नै चुनावमा जाने दाबी गर्नुभयो । उहाले आफूहरुलाई अदालत र निर्वाचन आयोग दुवैको निर्णय मान्य हुने भन्दै तोकिएकै मितिमा निर्वाचन हुने ठोकुवा गर्नुभयो । नेकपा एकता हुँदा बखत नै सही तवरले नभएको उहाको भनाई छ । आफ्नो पार्टीको सरकारले धेरै राम्रो काम गर्दापनि त्यसको सही व्याख्या र जनतामा प्रचारप्रसार गर्नुभन्दा पनि यो सरकारले केही गर्न सकेन् भनेर आफ्नै पार्टीका साथीहरु लागेको पनि उहाले आरोप लगाउनुभयो । महासेठले निर्वाचन आयोगले जे निर्णय दिन्छ त्यो पनि आफूहरुले मान्ने दाबी गर्नुभयो ।

साक्षात्कारमा कांग्रेसका प्रभावशाली नेता शंकर भण्डारीले प्रतिनिधिसभा विघटनका सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला÷निर्णय आफूहरुलाई स्विकार्य हुने स्पष्ट पार्नुभयो । उहाले नेकपाले जनमतको अपमान गरेको पनि आरोप लगाउनुभयो ।त्यस्तै जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता राजकिशोर यादवले नेकपाको आन्तरिक कलहले गर्दा देश अहिले विषम परिस्थितिबाट गुज्रिएको टिप्पणी गर्नुभयो । पूर्वमन्त्रीसमेत रहेका यादवले अहिलेको घट्नालाई राजनीतिक विकासक्रमलाई गम्भीरतापूर्वक लिनुपर्ने पनि जोड दिनुभयो ।यादवले संसद पूनःस्थापना हुन्छ भनेर अहिले कसरी भन्न सकिन्छ ? भन्दै आफूहरु अदालतको निर्णयको प्रतिक्षामा रहेको उल्लेख गर्नुभयो ।

2 thoughts on “रघुवीर महासेठले वैशाख तोकिएकै मितिमा निर्वाचन

  1. Howdy! Do you know if they make any plugins to assist with Search Engine Optimization? I’m trying to get my site to rank for some targeted keywords but I’m not seeing very good results.
    If you know of any please share. Many thanks! You can read similar text here: GSA Verified List

Leave a Reply

Your email address will not be published. Required fields are marked *