November 24, 2022

रवीन्द्र मिश्रले आगामी निर्वाचनमा काठमाडौं १ बाट उम्मेदवारी दिने घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी निर्वाचनमा काठमाडौं १ बाट उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मिश्रले पार्टीको सहमतिमा हलो चिन्हका साथ काठमाडौं १ बाट उम्मेदवारी दिने निर्णय भएको बताउनुभएको हो । उहाले जनतमाझ जाँदा संवैधानिक राजसंस्थाको एजेण्डा लिएर जाने स्पष्ट पार्नुभयो । उहाले काठमाडौंमा देखिएको समस्याहरु महानगरसंग मिलेर समाधान गर्ने प्रतिवद्धता जनाउनुभयो । मिश्रले आफुलाई क्षेत्र नंवर १ मा निर्वाचित गरे जनताले सोचेको भन्दा बढि काम गरेर देखाउने दावी गर्नुभयो ।

पत्रकार सम्मेलनमा मिश्रले संविधान निर्माण गर्ने दलले नै सबैभन्दा बढी संविधानको उल्लङ्घन गरेको तर पूर्व राजा ज्ञानेन्द्रले सबभन्दा बढी संविधानको पालना गरेको तर्क गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.