December 8, 2022

रश्मिला प्रजापति प्रकरणका आफ्नो कुनै दोष नरहेको: उम्मेदवार केशव स्थापित

Keshav Sthapit Wiki, Sacked, Biography, Age, Parents, Net Worth

नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले रश्मिला प्रजापति प्रकरणका आफ्नो कुनै दोष नरहेको स्पष्ट पार्नुभएको छ । मंगलबार काठमाडौंमा मतदातासंगको अन्र्तक्रिया कार्यक्रममा स्थापितले विभागीय प्रमुखदेखि सबै मन्त्रालयका प्रतिनिधिले तत्कालिन अवस्थामा रश्मिला प्रजापति हटाउने निर्णय गरेको भन्दै यसमा आफ्नो कुनै भूमिका नरहेको बताउनुभयो । महिला हिंसा भएको आरोप पनि निराधार भएको भन्दै आफुमाथि आशंका नगर्न उहाले मतदातासंग आग्रह गर्नुभयो । स्थापितले अहिले चूनावका बेला आफुलाई बदनाम गराउन बिपक्षीहरुले महिला हिंसाको कुरालाई अघि सारेको तर्क गर्नुभयो । त्यस्तै एक युवतीको अनुहारको बारेमा दिएको प्रतिक्रियामा स्थापीतले अमानवले बोलेको जस्तो गरि बोलेकाले आफुले थुतुनो ठिक छैन भनेको तर्क गर्नुभयो ।

उहाले प्रमुखमा बिजयी भए आफुले महानगरबासीको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.