July 26, 2021

राजनीतिक नेतृत्वहरुमा चिन्तन र संस्कृतिहरू कायमै

Every criminal will be brought to book: NCP leader Rayamajhi - myRepublica  - The New York Times Partner, Latest news of Nepal in English, Latest News  Articles

उर्जा जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले राजनीतिक नेतृत्वहरुमा निरङ्कुश व्यवस्थाको चिन्तन, प्रवृति, संस्कार र संस्कृतिहरू कायमै रहेको बताउनुभएको छ ।बुधबार काठमाडौंमा अखिल छैठौंले आयोजना गरेको नेपालको बिद्यार्थी आन्दोलन र अखिल छैठौंको इतिहास नामक पुस्तक बिमोचन कार्यक्रममा रायमाझीले देशमा व्यवस्था परिवर्तन भए अनुसार राजनीतिक नेतृत्वको चिन्तन, कार्यशैली र संस्कार परिवर्तन हुन नसकेको बताउनुभएको हो । उहाले परम्परागत व्यवस्थाका बिरुद्ध हतियारले नभइ राजनीति मुद्धाका आधारमा लड्नुपर्ने बताउनुभयो । त्यस्तै उहाले राजनीतिक क्रान्तिपछि मुलुकको बिकास र समृद्धिको क्रान्तिमा अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

जनताको मन जितेर संविधानमा उल्लेख समाजवादमा पुग्ने लक्ष्यलाई भेट्नुपर्ने उहाको भनाई छ ।कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले एक अर्कालाई आरोप प्रत्यारोप भन्दा पनि दलहरुलाई एकताबद्ध गरेर मुलुकलाई बचाउनुपर्ने उल्लेख गर्नुभयो । उहाले देशी बिदेशी शक्तिहरुको षडयन्त्रलाई चिर्नुपर्नेमा पनि जोड दिनुभयो ।त्यस्तै अन्य नेताहरुले मुलुकलाई बाह्य हस्तक्षेपबाट नजोगाएसम्म समाजवादी क्रान्ति सम्भव नहुने धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published.