May 21, 2024

राजनीतिक बन्दी रिहाइका लागि अध्यादेश ल्याउनु सकारात्मक: अध्यक्ष रञ्जिता श्रेष्ठ

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले राजनीतिक बन्दी रिहाइका लागि अध्यादेश ल्याउनु सकारात्मक भएको प्रतिक्रिया दिनुभएको छ । सोमबार डिल्लीबजार कारागार बाहिर सञ्चारकर्मीसंग कुरा गर्दै श्रेष्ठले अध्यादेश ल्याउनु आफुहरुका लागि सकारात्मक कुरा भएको र राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण हुने विश्वास समेत व्यक्त गर्नुभयो । उहाले अध्यादेश प्रमाणीकरण भएपछि आवश्यक कार्यविधि बनेर रेशम चौधरी रिहाइ हुने दावी गर्नुभयो । सरकारले ल्याएको अध्यादेशमा विरोध गर्नुपर्ने कारण नरहेको उहाले बताउनुभयो । रेशम चौधरी सोमबार नै छुट्ने भन्दै नागरिक उन्मुक्तिका कार्यकर्ता डिल्लीबजार कारागार पुगेका थिए ।

त्यसपछि श्रेष्ठले अध्यादेशको प्रक्रिया केहि दिन लाग्ने बताएपछि उनीहरु फर्किएका थिए । टीकापुर घटनामा दोषी ठहर भई रेशम चौधरी जेल सजाय भोगिरहेका छन् ।

One thought on “राजनीतिक बन्दी रिहाइका लागि अध्यादेश ल्याउनु सकारात्मक: अध्यक्ष रञ्जिता श्रेष्ठ

  1. L’obtention d’informations secrètes peut vous donner un avantage commercial sur vos concurrents, et grâce aux progrès technologiques, l’écoute électronique est plus facile que jamais de nos jours.

Leave a Reply

Your email address will not be published. Required fields are marked *