June 21, 2024

राजपाका नेता रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीको दल दर्ता

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का नेता रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । चौधरी हाल कारगारमै रहेकाले उनकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएको हो । दल दर्ताका लागि भृकुटीमण्डपमा भेला भएर उनीहरू बाजागाजासहित आयोग पुगेका हुन् । पछिल्ला केही दिनयता चौधरीको रिहाइको माग राखेर काठमाडौंमा प्रदर्शन भइरहेको छ । कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी टीकापुर घटनामा दोषी ठहर गरेपछि उनी अहिले पनि कैद भुक्तानका लागि कारागारमा छन् ।

अहिले नागरिक उन्मुक्ति पार्टीको नेतृत्व रञ्जिता श्रेष्ठले गर्ने र पछि आफू नै अध्यक्ष रहनेगरी पार्टीलाई अघि बढाउने चौधरीको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *