
सरकारले आगामी आर्थिक बर्षमा प्रदेश र स्थानीय तहलाई उपलव्ध गराउने राजस्व बाँडफाँडको ढाँचा लगाएत अनुदान बितरणको सीमा स्वीकृत गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले आर्थिक बर्ष २०७९÷८०का लािग प्रदेश र स्थानीय तहलाई उपलव्ध गराउने राजस्व बाँडफाँडको ढाँचा, हिस्सा तथा बित्तिय समानिकरण अनुदान बितरणको अनुमानित सीमा स्वीकृत गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । मन्त्रीपरिषद्ले नेपाल पारावाहन तथा गोदाम व्यवस्था कम्पनी लिमिडेटको महाप्रवन्धकमा प्रेमराज भण्डारीलाइ नियुक्त गरेको छ भने बिद्युत नियमन आयोगको रिक्त सदस्य पदमा गौतम डंंगोललाई नियुक्त गरेको छ । त्यस्तै हाइलेज एक्स्पोर्ट फ्रम नेपाल टु चाइन सम्बन्धी समझदारी पत्रमा चीनसंग सम्झौता गर्न कृषि मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरिएको प्रवक्ता कार्कीले बताउनुभयो । त्यस्तै खानेपानी मन्त्रालय अन्तर्गत निकायहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति प्रदान गर्ने र प्रहरी १० औं संशोधन नियमावली स्वीकृत गर्ने निर्णय भएको उहाले बताउनुभयो । बैठकले साविक बिराटनगर नगर बिकास समितिको क्षेत्र संशोधन गरि हालको बिराटनगर महानगरपालीकाको चारकिल्लाभित्र सिमित रहने गरि नगर बिकास ऐन २०४५ को दफा ४ बमोजिम बिराटनगर नगर बिकास समिति गठन गर्ने निर्णय गरिएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले पाँचौ बिमस्टेक शिखर सम्मेलनमा बिमस्टेक बडा पत्र लगाएत अन्य दस्तावेजमा नेपालका तर्फबाट हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ भने कैलालीको घनगढीमा फोहरपानी प्रसोधन केन्द्र निर्माणको कार्य अघि बढाउन स्वीकृत दिने निर्णय गरेको छ ।