February 26, 2024

राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले आइतबार धर्ना

Chief Justice's resignation is our ultimate demand: Nepal Bar Association -  Khabarhub Khabarhub

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले आइतबार पनि धर्ना दिएको छ । आइतबार पनि बारको अगुवाईमा प्रधानन्यायधिशको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा धर्ना दिइएको हो । नेपाल बारको धर्ना तथा प्रदर्शनमा कानुन व्यवसायीको उपस्थिति भने घट्दै गइरहेको छ । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले कानुन व्यवसायीहरु मौन बस्दा प्रधानन्यायाधीश राणा चुपचाप बर्हिगमन नहुने भएकाले निरन्तर धर्ना दिइरहेको बताउनुभयो । कानुन व्यवसायीले प्रत्येक दिन १० देखि १२ बजेसम्म सर्वोच्चको मुल गेटमा धर्ना दिदै आइरहेको छ ।

प्रधानन्यायाधीशलाई महाभियोग लगाउनुपर्ने भन्दै यसअघि बार नेतृत्वले बिभिन्न दलका शिर्ष नेतालाई ज्ञापन पत्र समेत बुझाएको छ । नेपाल बारले गत कात्तिक १४ गतेदेखि निरन्तर रुपमा धर्ना तथा विरोध प्रदर्शन गर्दै आइरहेको छ ।

One thought on “राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले आइतबार धर्ना

  1. This can be annoying when your relationships are disrupted and her phone cannot be tracked. Now you can easily perform this activity with the help of a spy app. These monitoring applications are very effective and reliable and can determine whether your wife is cheating you.

Leave a Reply

Your email address will not be published. Required fields are marked *