March 28, 2024

राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने घोषणा

rajendra-lingden | Seto Khabar

राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनीले पार्टीको नयाँ नेतृत्वमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने घोषणा गर्नुभएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लोहनीले नयाँ पुस्ताको समथर्नका साथ उम्मेद्वारी नदिने निष्कर्षमा पुगी लिङ्देनलाई साथ दिने घोषणा गर्नुभएको हो । उहाले नयाँ नेतृत्वले ठाँउ पाउनुपर्छ भन्ने आफ्नो विश्वास रहेको भन्दै पार्टीका दुई नेता कमल थापा र पशुपति शमशेर राणालाई अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । लोहनीले नयाँ पुस्तालाई नेतृत्वमा लानुपर्ने अवधारणाका साथ लिङ्देनको पक्षमा उभिएको स्पष्ट पार्नुभयो । लोहनीले संविधान भित्रको राजसंस्था र वैदिक सनातन हिन्दु राष्ट्र तथा प्रजातान्त्रिक विधि र पद्धतिप्रति प्रतिवद्ध भएको समेत उल्लेख गर्नुभयो । पत्रकार सम्मेलनमा राप्रपाका अध्यक्ष पदमा उम्मेदवार घोषणा गर्नुभका लिङ्देनले ६ महिनाभित्र राजसंस्था, हिन्दु राष्ट्र र भ्रष्टाचार अन्त्य गर्नुपर्छ भन्ने साना पार्टी र संस्था तथा व्यक्तिहरुसँग मिलेर आन्दोलनको आधिवेरी सिर्जना गर्ने बताउनुभयो ।

लिङ्देनले राप्रपाका दुई अध्यक्ष कमल थापा र पशुपति शम्सेर जबरालाई पनि समर्थन गरिदिन आग्रह गर्नुभयो । राप्रपाको महाधिवेशन बुधबारदेखि काठमाडौंमा सुरु हुदैछ । पार्टीको अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *