May 24, 2022

राज्यका तीन वटै निकायहरु असफलतातर्फ उन्मुख: प्रदिप ज्ञवाली

नेकपा एमालका उपमहासचिव प्रदिप ज्ञवालीले राज्यका तीन वटै निकायहरु असफलतातर्फ उन्मुख भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै ज्ञवालीले सरकारको क्रियाकलापले राज्यका तीन वटै निकायहरु असफलतातर्फ उन्मुख भएको र लोकतन्त्र नै संकटमा पुगेको बताउनुभएको हो । उपमहासचिव ज्ञवालीले स्थानीय तहको निर्वाचनको मिति अविलम्ब घोषणा गर्नु पर्ने भन्दै गठबन्धन सरकारले आफ्नो अनुकुलताका लागी संविधानको मर्म माथि प्रहार गरेको औल्याउनुभयो । उहाँले वर्तमान सरकारले एमसिसीको बारेमा दोहोरो चरित्र देखाएको आरोप लगाउदै एमसिसीका प्रतिनिधिलाई एमसिसी पारित गर्ने प्रतिबद्धता व्यक्त गर्ने र नेपाली जनतालाई एमसीसीको बारेमा गुमराहमा राख्ने काम गरेको जिकिर गर्नुभयो । पूर्व मन्त्री समेत रहनुभएका ज्ञवालीले सभामुखले संसदलाई बन्धक बनाएको आरोप लगाउदै सभामुखको भुमिका नै विवादास्पद रहेको बताउनुभयो ।

उहाँले एमसीसी संसदमा लगेपछि नेकपा एमालेले आफ्नो धारणा राख्ने प्रष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published.