
वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा ललितपुरमा सम्पन्न भएको छ । शनिबार जावलाखेलमा विशेष समारोहका बीच मच्छिन्द्रनाथको भोटो देखाइएपछि रथजात्रा पनि औपचारिक रुपमा सम्पन्न भएको हो । भोटो जात्रा समारोहमा राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भई मच्छिन्द्रनाथको भोटो अवलोकन गर्नुभएको हो । राष्ट्रपति भण्डारीलाई नेपाली सेना, नेपाल प्रहरीको सलामी अर्पण गरेको थियो । सोही अवसरमा राष्ट्रपति भण्डारीले मच्छिन्द्रनाथको दर्शन गर्नुभएको थियो । मच्छिन्द्रनाथको रथलाई जाउलाखेल पु¥याएको चार दिनपछि भोटो देखाउने जात्रा हुने परम्पराअनुसार भोटोजात्रा मनाइएको हो ।
मच्छिन्द्रनाथलाई अन्नदाता, पानी पार्ने देवताका रुपमा तथा अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रुपमा मानिने भएकाले पनि यसको पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व रहिआएको छ ।