


नेकपा प्रचण्ड–नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई गैरकानुनी रूपमा पक्राउ गर्न खोजिएको बताउनुभएको छ । पक्राउ पर्नुअघि निवासमा सञ्चारकर्मीसंग उहाले राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन, अपमान र चरित्र हत्या गरेको भन्ने विषय राजनीतिक विषय भएको र कानुनी विषय नभएको समेत बताउनुभयो । उहाले मर्ने बेलामा कमिलाको प्वाँख पलाए झैं शासकले आफू ढल्ने बेलामा तमासा गर्ने गरेको धारणा राख्नुभयो । जनताको सर्वोच्च थलो प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति भण्डारी मतियार बनेको उहाको भनाई छ ।
उहाले जनताको वाक स्वतन्त्रतामाथि नै राज्यले हनन गर्न खोजेको बताउनुभयो । पक्राउ पुर्जी जारी भएपछि झाँक्रीको निवासमा नेकपा कार्यकताले राज्यविरुद्ध नारावाजी गरेका थिए भने प्रहरीलाइ निवास छिर्न दिएका थिएनन् । राष्ट्रपति विद्यादेवी भण्डारीका विषयमा अभिव्यक्ति दिएपछि झाँक्रीलाई पक्राउ गर्न पुर्जी जारी गरिएको हो ।
