
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले राष्ट्रपति पदमा समझदारी खोज्ने प्रयास भइरहेको बताउनुभएको छ । बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पदको निर्वाचनका लागि अझै समय बाँकी रहेको र समझदारी खोज्ने प्रयास भइरहेको बताउनुभएको बताउनुभएको हो । उहाले सभामुखको जस्तै उपसभामुखको निर्वाचन पनि सुन्दर ढंगले हुने जिकिर गर्नुभयो । त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा एमालेले उम्मेदवार उठाउने भन्दै त्यसमा राष्ट्रिय सहमति हुनुपर्ने बताउनुभयो । उहाले राजनीतिक संयन्त्रको बिरोध गर्नुको कुनै अर्थ नरहेको समेत बताउनुभयो ।
कांग्रेसले गत सरकारमा संयन्त्र बनाएर सुरु गरेको अभ्यासको निरन्तरता अहिलेको राजनीतिक संयन्त्र भएको उहाको भनाइ छ ।
I was curious if you ever considered changing the layout of your blog? Its very well written; I love what youve got to say. But maybe you could a little more in the way of content so people could connect with it better. Youve got an awful lot of text for only having 1 or 2 images. Maybe you could space it out better?