December 5, 2022

राष्ट्रपति भण्डारीले गुह्येश्वरीमा तयार पारिएको छठी माताको दर्शन

छठ पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्येश्वरीमा तयार पारिएको छठी माताको दर्शन गर्नुभएको छ । आइतबार अपरान्ह गुह्येश्वरी पुगी राष्ट्रपति विद्यादेवी भण्डारी छठमाताको पूजा गर्नुभएको हो । त्यसलगतै उहाँ कमलपोखरीमा निर्माण गरिएको छठ घाटमा पुगी अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठीमाताको पूजा आराधना गर्नुभएको छ ।

यस्तै प्रधानमन्त्री शेर बहादुर देउवाले थापाथालीस्थीत बागमति किनारमा तयार पारिएको छठी माताको दर्शन गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published.