December 2, 2022

राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो गतिविधिले आशंका पैदा

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो गतिविधिले आशंका पैदा भएको बताउनुभएको छ । समाजवादी पार्टी पुनर्गठन दिवसका अबसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले राष्ट्रपति भण्डारीको पछिल्लो गतिविधिका बारेमा गठबन्धन बैठकमा पनि छलफल भएको र कतै अनिष्ट त हुन लागेको होइन भन्ने प्रश्न उठेको बताउनुभएको हो । राष्ट्रपतिले पूर्वआर्मी चिफ बोलाएर भोजन दिने कामले शंका जन्माएको उहाको भनाई छ । उहाले अहिले दरबारवाला, राजावादी शक्ति कति क्रियाशील छन् भन्नेमा हेरिरहेको जिकिर गर्नुभयो । त्यस्तै अध्यक्ष नेपालले गठबन्धन बैठकमा यसअघिको स्थानीय चूनावमा आफ्नो पार्टीको मतलाई अवमुल्यन गर्न खोजिएको र आफुहरुको ध्यानाकर्षण गराएको जानकारी दिनुभयो । २७ प्रतिशत सिटमा उम्मेदवारी दिँदा ९ लाख २७ हजार भोट पाएको भन्दै अध्यक्ष नेपालले आगामी निर्वाचनमा १५ देखि २० लाख मत पाए १५÷२० वटा सिटलाई कसैले रोक्न नसक्ने दावी गर्नुभयो । उहाले आगामी निर्वाचनमा गठबन्धनको मात्रै भर नपर्न र आफ्नो तयारीलाई पनि तीव्र पार्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । त्यस्तै उहाले यसअघि पार्टीभित्रको गुटबन्दी र व्यक्तिबाद हावी भएका कारण नै आफुहरुले बिद्रोह गर्नुपरेको बताउनुभयो ।

कम्युनिष्ट भित्र अझै पनि व्यक्तिबादी प्रवृति देखिएकाले सवै सजक हुनुपर्ने उहाको भनाई छ ।

Leave a Reply

Your email address will not be published.