December 5, 2023

राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको विद्युतीय बसमा ललितपुरको पाटनढोकाको भ्रमण

राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको विद्युतीय बसमा ललितपुरको पाटनढोका जानुभएको छ । राष्ट्रपति भण्डारी शनिबार दिउँसो शीतल निवासबाट विद्युतीय बसमा पाटनढोका पुग्नुभएको हो । पाटन पुग्दा राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत गर्नुभएको थियो । उहाँले पाटनढोकामा रहेको मदन पुरस्कार पुस्तकालयको समेत अवलोकन गर्नुभयो । राष्ट्रपति भण्डारीले पुस्तकालयमा रहेको हस्तलिखित स्वस्थानी व्रतकथा, गरुढ पुरान लगाएतका पुस्तक हेर्नुभएको थियो भने १५ सालको चुनाव हुदाको कम्युनिष्ट पार्टीको घोषणा पत्रको प्रति लिएर जानुभएको ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले जानकारी दिनुभयो । पुस्तकालयको अवलोकनपश्चात् राष्ट्रपति भण्डारी हिँडेर अवलोकनका लागि पिम्बहाः पुखु पुग्नुभएको थियो । पिम्बहाः मा उहाँले पिम्बहाः पुखुको इतिहासका बारेमा जानकारी लिनुभएको थियो । काठमाडौँको रानीपोखरीभन्दा पुरानो पिम्बहाः पुखुको पुरानो नाम जगमदु पुखु हो ।

पुस्तकालय र पिम्बहाः पुखुको अवलोकनपश्चात् पुनः राष्ट्रपति भण्डारी साझाको विद्युतीय बसमा शीतल निवास फर्कनुुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *