December 3, 2022

राष्ट्रपति सँग अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको टोलीले भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको टोलीले भेट गरेको छ । शीतल निवासमा बुधबार भएको भेटमा अध्यक्ष दाहालले राष्ट्रपति भण्डारीले नागरिकताको बारेमा व्यक्त गरेको चासो र माओवादीको आधार समान रहेको बताउनुभएको छ । दाहालको सचिवालयले उपलब्ध गराएको जानकारीअनुसार दाहालले राष्ट्रपति भण्डारीलाई नागरिकताको विषयमा राष्ट्रिय सहमति बन्न नसकेको कारण विधेयकमा नयाँ व्यवस्था नगरिएको बताउनुभयो । संसद्को दुवै सदनबाट बहुमतले पारित गरेर प्रमाणिकरणका लागि पठाइएको नागरिकता विधेयकलाई राष्ट्रपति भण्डारीले गत साउनको अन्त्यतिर सुझावसहित संसद्मै फिर्ता पठाउनुभएको थियो ।

त्यसपछि संसद्ले पूर्ववत् विधेयक नै हुबहु पारित गरेको थियो ।

Leave a Reply

Your email address will not be published.