December 5, 2023

राष्ट्रहित विपरीतका र असंवैधानिक कामको विरोध गरेका कारण टिकट दिइएनः भिम रावल

नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधि सभाको अछाम–१ नम्बर क्षेत्रबाट उम्मेदवार नबनाउनु एमाले नेतृत्वको स्वेच्छाचारी, अन्यायपूर्ण र गलत कदम भएको बताउनुभएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले आफूले राष्ट्र र राष्ट्र हितका पक्षमा र पार्टीलाई सहि दिशामा लैजान आवाज उठाएकै कारण आफुलाई उम्मेदवार बन्नबाट रोकिएको समेत बताउनुभयो । अब पार्टी भित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्ने उहाले बताउनुभयो । त्यस्तै रावलले आफूले टिकट नपाए पनि मंसिर ४ गते हुने चुनावमा योग्य उम्मेदवारलाई जिताउन लाग्ने धारणा पनि राख्नुभयो । रावलले पार्टीको सिद्धान्त, विधि र अनुशासन बिपरित देशका अधिकांश स्थानमा टिकट बितरण गरिएको आरोप लगाउनुभयो । रावलले अहिले ओलीले चुनावी तालमेल गरेका पार्टीका नेताहरुको भन्दा आफ्नो योगदान कम नभएको भन्दै आफ्नो योगदानको कदर नभएको जिकिर गर्नुभयो । समानुपातीक उम्मेदवार छनौटलाई पनि नेता बिशेषको गुट स्वार्थ पुरा गर्ने र लेनदेनको माध्यम बनाइएको उहाले आरोप लगाउनुभयो । उहाले राजनीतिक दलहरुले सिद्धान्त र नीति छोड्दा इमानन्दार कार्यकर्ता लड्नु विद्रोह नभएको र राजनीतिक लडाईमात्रै भएको बताउनुभयो । उहाले अछामकामा बासिन्दाहरुको भावना अनुसार नै अघि बढ्ने उल्लेख गर्नुभयो ।

रावलले आफू स्वतन्त्र उम्मेदवारी दर्ता गराएर चुनावमा जान सक्ने भए पनि आफू त्यस्तो निर्णयमा नपुगेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *