July 29, 2021

राष्ट्रियसभाको बिधायन व्यवस्थापन समितिमाथि दफावार छलफल

स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७६ माथि राष्ट्रियसभाको बिधायन व्यवस्थापन समितिमाथि दफावार छलफल भएको छ ।सिंहदरबारमा बिहीबार बसेको बैठकमा उक्त बिधेयकमा रहेका व्यवस्थाहरुमामाथि दफावार छलफल भएको समिति सदस्य प्रकाश पन्थले जानकारी दिनुभयो । बिधेयकमा संशोधन गर्नुपर्ने कुनै बिषय नरहेकाले सांसदहरुको संशोधन नपरेको उहाले बताउनुभयो ।

नापतौल ऐन, २०२५ लाई समयानुकूल संशोधन गर्नु आवश्यक भएको भन्दै उद्योग मन्त्रालयले उक्त बिधेयकको मस्यौदा तयार गरेको थियो ।विधेयकमा ऐन विपरीत नाप वा तौल, नाप्ने वा तौलिने यन्त्र बिक्री वितरण र प्रयोग गर्नेलाई जरिवाना गरेर राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ । नापतौल ऐन संशोधन विधेयकमा राष्ट्रिय स्तरको नापतौल प्रयोगशाला स्थापना गर्ने प्रस्ताव गरिएको छ ।

Leave a Reply

Your email address will not be published.