December 5, 2023

राष्ट्रिय जनमोर्चा प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त

gandaki-lpradesh-sava – CBKhabar.com | Nepali News Portal

गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चा प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त हुनुभएको छ ।बिहीबार बसेको प्रदेशसभाको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले थापालाई दलबाट निष्कासन गरेको पत्र आएको जानकारी दिँदै उहाको ठाउँमा प्रदेशसभा सदस्य पद रिक्त रहेको जानकारी गराउनुभयो । यसअघि थापालाई दलबाट निष्कासन गरेको जानकारी राष्ट्रिय जनमोर्चाले बिहीबार नै प्रदेशसभा सचिवालयमा गराएको थियो । थापालाई जनमोर्चाले यसअघि नै साधारण सदस्य पनि नरहने गरी निलम्बन गरेको थियो ।

६० सदस्यीय गण्डकी प्रदेशसभा थापा पदमुक्त भएपछि ५९ सदस्यीय भएको छ ।यस्तै प्रदेशसभा बैठकमा बिहीवार पनि अर्थमन्त्री किरण गुरुङले जेठ १७ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताबारे छलफल भएको थियो ।

One thought on “राष्ट्रिय जनमोर्चा प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त

  1. Hi there this is somewhat of off topic but I was wondering if blogs use WYSIWYG editors or if you have to manually code with HTML. I’m starting a blog soon but have no coding know-how so I wanted to get advice from someone with experience. Any help would be enormously appreciated!

Leave a Reply

Your email address will not be published. Required fields are marked *