December 8, 2022

राष्ट्रिय युवा संघ नेपालले सरकारको बिरोधमा प्रदर्शन

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले सरकारको बिरोधमा प्रदर्शन गरेको छ । बिहीबार काठमाडौंको नयाँ बानेश्वरमा युवा संघले खोप प्रकरण, मूल्यबृद्धि लगाएत बिभिन्न बिषयमा सरकारको ध्यानाकर्षण गराउन भन्दै बिरोध प्रदर्शन गरको हो । गठबन्धन सरकारले जनघाती कदमहरु अघि बढाएको भन्दै बिरोध गरिएको युवा संघले जनाएको छ । उनीहरुले मूल्य बृद्धि खारेज गर, गुमेको भूभाग फिर्ता गर , रेणु यादवलाई बर्खास्त गर, खोप चोरी प्रकरणको छानविन गर लगाएतका नारा लगाएका थिए । विरोध प्रदर्शनमा राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले मन्त्रालयभित्रैबाट खोप हटाराउनु दुखद भएको भन्दै यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभयो । त्यस्तै उहाले नेपालमा बैदेशिक हस्तक्षेप हुँदा पनि सरकार बोल्न नसकेकाले बिरोध गर्न बाध्य भएको जिकिर गर्नुभयो ।

युवा संघले आफुहरुले उठाएका बिषयमा सरकार मौन बसे कडा बिरोधका कार्यक्रम गरिने चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published.