January 31, 2023

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन अन्य दलहरुसंग आग्रह गर्ने निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन अन्य दलहरुसंग आग्रह गर्ने निर्णय गरेको छ ।आइतबार सिंहदरबारमा बसेको रास्वपाको संसदीय दलको बैठकले वर्तमान सत्ता गठबन्धनलाई बलियो बनाएर अघि बढाउने र वर्तमान सरकारलाई विश्वासको मत दिन अन्य दलहरुसंग आग्रह गर्ने निर्णय गरिएको सांसद सन्तोष परियारले जानकारी दिनुभयो । बैठकमा महामन्त्री मुलुक ढकालले सरकारको न्युनतम साझा कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो भने साझा कार्यक्रममा समावेश रास्वपाका मुद्धाहरुलाई कसरी कार्यान्वयन गराउने भन्ने बारेमा पनि छलफल भएको परियारले जानकारी दिनुभयो । त्यस्तै बैठकमा पार्टी सभापति रवि लामिछानेले अन्य दलहरुसंग भएका छलफलका बारेमा पनि जानकारी गराउनुभएको परियारले बताउनुभयो ।

उहाले सोमबार पुनः पार्टीको संसदीय दलको बैठक बस्ने र बिभिन्न बिषयमा थप छलफल हुने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.