November 30, 2023

राष्ट्रिय स्वाधीनता र परराष्ट्र मामिलाका सन्दर्भमा दलहरुबीच एकता हुनुपर्ने

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वाधीनता र परराष्ट्र मामिलाका सन्दर्भमा दलहरुबीच एकता हुनुपर्ने बताउनुभएको छ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहमा महासचिव पोखरेलले राष्ट्रिय स्वाधीनता र परराष्ट्र मामिलाका सन्दर्भमा नेपालका सबै राजनीतिक दलहरु एकै कित्तामा उभिनुपर्ने बताउनुभएको हो । उहाले मुलुकमा पटक–पटक राजनीतिक क्रान्ति भएनपनि परिवर्तनको प्रत्याभूति दिलाउन नसकिएको भन्दै यसमा भएका कमजोरीबारे सबै दलहरुले आत्मसमिक्षा गर्नुपर्ने जिकिर गर्नुभयो । त्यस्तै पोखरेलले जनतामा जाने कुरा प्रतिगमन हुन नसक्ने भन्दै एमालेको धारणा पनि यहि रहेको स्पष्ट पार्नुभयो । उहाले अघिल्लो आम निर्वाचनमा एमाले र माओवादी मिलेर जनताको विश्वास जितेपनि एकता जोगाउन नसकिएको धारणा राख्नुभयो । त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेश विद्रोह माओवादीको जनयुद्धको जगमा भएको बताउनुभयो । गठबन्धनको सरकार एक ठाउँमा भएको भन्दै विगतका गल्‍तीलाई सच्याएर अघि बढ्नुपर्ने उहाको भनाई छ ।

संघीय गणतन्त्रको विकल्प नरहेको भन्दै उहाले संसद संचालनलाई कसैले रोक्न नसक्ने पनि बताउनुभयो । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झाले संविधान जारी भएको ५ वर्षभन्दा धेरै भइसक्दा पनि मधेसका माग सम्बोधन नभएको बताउनुभयो । राष्ट्रिय जनमोर्चाकी नेता दुर्गा पौडेलले अझै पनि प्रतिगमनको खतरा कायमै रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *