July 26, 2021

रेखा यादवद्वारा लिखित दुई कृति सार्वजनिक

रेखा यादवद्वारा लिखित दुई कृति सार्वजनिक गरिएको छ ।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच यादवद्वारा लिखित उपन्यास आत्मजा र कविता संग्रह तुम बिनको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बिमोचन गर्नुभयो ।

उपन्यास आत्मजा नेपाली भाषामा प्रकाशित गरिएको छ भने कविता संग्रह तुम बिन हिन्दी भाषामा प्रकाशित गरिएको छ । कार्यक्रममा अध्यक्ष यादवले समाजको परिवर्तनमा साहित्यको भूमिका अपरिहार्य रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.