



नेपाल प्रहरीले काठमाडौंमा रेम्डेसिभिर औषधि कालोबजारी गरेको आरोपमा एकलाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गोरखा आरुघाटका रसिक मियालाई बिहीबार पक्राउ गरेको हो । उनले एकसेट रेम्डेसिभिर १ लाख २० हजार रुपैयाँमा बेच्दै गरेको अवस्थामा महाराजगन्जबाट पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक चन्दै कुबेर खापुङले जानकारी दिनुभयो । रेम्डेसिभिर औषधिको कालाबजारी भइरहेको सूचनाका आधारमा ग्राहक बनेर खरिद गर्न जाँदा रसिक मियाले बार्गेनिङ गरेर १ लाख २० हजार रुपैयाँमा बेच्न तयार भएपछि पक्राउ गरेको उहाले बताउनुभयो ।
पक्राउ परेका रसिकले सेवा फर्माका दीपक ढकालले भने अनुसार आफूले बेचेको बताएपछि थप अनुसन्धान भइरहेको खापुङले बताउनुभयो ।कोरोना संक्रमणबाट जटिल अवस्थामा रहेका संक्रमितलाई केहि राहत दिनका लागि यो औषधि प्रयोग गर्ने गरिन्छ । पक्राउ परेकामाथि थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।
