November 30, 2023

रेविज दिवसको नारा: एक स्वास्थ्यको कार्यान्वयन, रेविजबाट शुन्य निधन

विश्व रेविज दिवस बुधबार बिभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै नेपालमा पनि मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर २८ मा मनाइने रेविज दिवस नेपालमा पनि एक स्वास्थ्यको कार्यान्वयन, रेविजबाट शुन्य निधन भन्ने नाराका साथ मनाइएको हो । दिवसका अवसरमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा पुगेर जनावरहरुको अवस्थामा बारेमा जानकारी लिएको थियो भने अन्तक्र्रिया कार्यक्रम समेत आयोजना गरेको थियो । बहुला कुकुरको टोकाइबाट मानिसमा सर्ने रेविज रोग विरालो, न्याउरीमुसा र स्यालको टोकाइबाट यो रोग सर्ने गर्दछ । महाशाखाका निर्देशक डा चुमन लाल दासले सन २०३० सम्म रेविजबाट शुन्य निधनको योजनामा अनुसार काम भइरहेको बताउनुभयो । उहाले बहुला वा शंकास्पद कुकुर वा जनावरले टोकेको खण्डमा तुरुन्तै सम्भव भएमा सावुन पानी वा सफा पानीले टोकेको भागमा ५ मिनेटसम्म राम्ररी सफा गरी घाउमा डिटोल आयोडिनको झोल लगाउनु रेविजको प्राथमिक उपचार रहेको बताउनुभयो । नेपालका सबै जिल्ला अस्पताल र सरुवा रोग अस्पतालहरुबाट रेविजविरुद्धको खोप उपलब्ध रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

नेपालमा लगभग आधार जनसंख्या रेविज रोगको उच्च जोखिममा रहेको पाइन्छ भने नेपालमा हरेक बर्ष सय जना मानिसको रेविज रोगका कारण मृत्यु हुने प्रतिवेदनले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *