November 30, 2023

ललितपुरको ऐतिहासिक स्थल च्यासलमा च्यासल स्क्वायर निर्माण

ललितपुरको ऐतिहासिक स्थल च्यासलमा च्यासल स्क्वायर निर्माण हुने भएको छ ।बुधबार शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले ललितपुरमा वडा नंवर ९ स्थीत च्यासलमा निर्माण हुने च्यासल स्क्वायरको शिलान्याश गर्नुभएको हो ।स्क्वायर निर्माणका लागि बागमति प्रदेश सरकारले ४० लाख, ललितपुर महानगरले २५ लाख छुट्याएको छ । उक्त स्क्वायर निर्माणको अनुमानित लागत ३ करोड ७९ लाख रहेको मन्त्री श्रेष्ठले बताउनुभयो । उहाले स्क्वायर निर्माणमा संघीय सरकारले पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

त्यस्तै मन्त्री श्रेष्ठले च्यासलस्थीत श्रमिक शान्ति कलेजको छात्रावास भवनको पनि शिलान्याश गर्नुभएको थियो । छात्रावास निर्माणका लागि प्राप्त ५० लाख रुपैयाबाट निर्माण सुरु गरिएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।१ करोड १६ लाख अनुमानित लागत रहेको उक्त भवन श्रमिक शान्ति कलेजले निर्माण गर्ने उहाले बताउनुभयो । मन्त्री श्रेष्ठले मुलुकको आन्दोलनको परिवर्तनमा भूमिका रहेको च्यासलको बिकासका लागि सरकारको सदैव सहयोग रहेको जानकारी पनि दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *