October 25, 2021

ललितपुरमा सुरु हुने पार्टीको विधान महाधिवेशनको तयारी पुरा

This image has an empty alt attribute; its file name is vediography2-3.gif
Communist Party of Nepal (Unified Marxist–Leninist) - Wikipedia
This image has an empty alt attribute; its file name is dhyan-chaksu.gif

नेकपा एमालेले शुक्रबारबाट ललितपुरमा सुरु हुने पार्टीको प्रथम विधान महाधिवेशनको तयारी पुरा भएको जनाएको छ ।
मूल व्यवस्थापन समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । महाधिवेशनको उद्घाटन केपी शर्मा ओलीले गर्ने र बन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उप महासचिव विष्णुप्रसाद पौडेले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने मूल व्यवस्थापन उपसमिति संयोजक खिमलाल भट्टराईले जानकारी दिनुभयो । महाधिवेशनको दोस्रो दिन असोज १६ गते समूह छलफल र समूह नेताबाट सुझावहरुको प्रस्तुति गरिनेछ । तेस्रो दिन असोज १७ गते दस्तावेज प्रस्तोता हरुको समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयहरूहरुमा जवाफ दिने कार्यक्रम रहेको भट्टराईले बताउनुभयो । महाधिवेशनमा छ हजारभन्दा बढी प्रतिनिधिहरूको सहभागितामा हुने भन्दै भट्टराईले हलभित्र नअटेका प्रतिनिधिलाई केन्द्रको उपयुक्त स्थानमा व्यवस्थापन गरिने उहाले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा विधान महाधिवेशन मुल व्यवस्थापन समितिका संयोजक राम बहादुर थापा बादलले महाधिवेशनमा तीनवटै प्रतिवेदनमा बिस्तृत छलफल गरेर आवश्यक निर्णय गरिने जानकारी दिनुभयो । उहाले राष्ट्रिय पुँजीको विकास नगरी समाजवादमा पुग्न नसकिने भन्दै जबज जनवादी कार्यक्रम भएको र अहिले पनि सान्दर्भिक रहेको बताउनुभयो । बादलले सभा सम्मेलन रोक लगाउने गरी जिल्ला प्रशासन काठमाडौंले जारी गरेको आदेश राजनीतिक पूर्वाग्रह प्रेरित भएको हुनसक्ने तर्क गर्दै स्वास्थ्य मापदण्ड र सुरक्षा विधि अपनाएर विधान महाधिवेशन हुने उल्लेख गर्नुभयो ।शुक्रबारदेखि सुरु हुने विधान महाधिवेशन आइतबार सम्पन्न गर्ने एमालेले जनाएको छ ।

This image has an empty alt attribute; its file name is website-1.gif

Leave a Reply

Your email address will not be published.