May 23, 2024

ललितपुर महानगरपालिकाले बिभिन्न क्षेत्रलाई धुम्रपान निषेधित घोषणा

ललितपुर महानगरपालिकाले बिभिन्न क्षेत्रलाई धुम्रपान निषेधित घोषणा गरेको छ । महानगरले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै ललितपुरको पाटन दरवार स्वायर, पुल्चोक गा हिटी पार्क र जावलाखेल चोक क्षेत्रलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको हो । धुम्रपान नगरौ स्वास्थ रहौ नाराका साथ महानगरले ती क्षेत्रलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले जानकारी दिनुभयो । उहाले यसअघि नै ललितपुरका केहि क्षेत्रलाइ धुम्रपान निषेधित घोषणा गर्ने तयारी गरेपनि कोरोना महामारीका कारण केहि ढिलाइ हुन गएको बताउनुभयो । महानगरले निषेधित क्षेत्रमा धुम्रपान गरेमा सम्झाईबुझाई गर्ने र त्यसपटि भने कारवाही स्वरुप जरिवाना गर्ने जनाएको छ ।

धुम्रपान निषेधितमा निरन्तर ललितपुरका नगरप्रहरी परिचालित गरिने महानगरले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *