November 25, 2022

लागूऔषध दुव्र्यसन र अवैध ओसारपसार रोक्न सरकारले संवेदनशील भएर काम गरिरहेको छ: गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले लागूऔषध दुव्र्यसन र त्यसको अवैध ओसारपसार रोक्न सरकारले संवेदनशील भएर काम गरिरहेको बताउनुभएको छ । लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री खाँणले नेपालमा लागूपदार्थको दुरुपयोग र अवैध ओसारपसार चुनौतीको रुपमा आइरहेको भन्दै नियन्त्रणका लागि सरकारले संवेदनशील भएर काम गरिरहेको बताउनुभएको हो । संवेदनशील विषयमा आफ्ना नागरिकको रक्षा र युवा पुस्ताको सुन्दर भविष्य बचाउन सरकार प्रतिवद्ध रहेको उहाको भनाई छ । उहाले आगामी दिनमा जनजागरुकताका कार्यक्रम ल्याउने, पाठ्यपुस्तकमा पनि विषय समावेश गरी विद्यार्थीलाई बेलैमा जानकारी दिने, दुव्र्यसनमा फसेका युवाहरुलाई सुधार्ने अभियान थाल्नुपर्नेमा जोड दिनुभयो । मुलुकमा लागुऔषधसम्बन्धिको अपराधमा दोषी देखिएका छ हजार बढी मानिस कारगारमा रहेको र मुलुकभर हुने आपराधिक गतिविधिमध्य आठ प्रतिशतभन्दा बढी लागूपदार्थसँग सम्बन्धित रहेको गृहमन्त्री खाणले जानकारी दिनुभयो ।


कार्यक्रममा लागूऔषधविरुद्ध कार्य गर्ने विभिन्न संघसंस्थालाई सम्मानसमेत गरिएको थियो । ‘मानवीय स्वास्थ्य सङ्कटका बेला झन्, लागूऔषध चुनौतीको गरौँ सम्बोधन’ भन्ने मूलनाराका साथ दिवस मनाइएको हो । त्यसअघि काठमाडौंमा सचेतनामूलक ¥यालीसमेत निकालिएको थियो ।

Leave a Reply

Your email address will not be published.