November 30, 2023

लिग सञ्चालन गर्न दिन नेपाल क्रिकेट संघ क्यानको ध्यानाकर्षण: इपीएल

PLAY INDOOR CRICKET IN KATHMANDU

नेपालको फ्रेन्चाइज क्रिकेट एभरेष्ट प्रिमियर लिग (इपीएल) आयोजक र क्लब सञ्चालकहरुले लिग सञ्चालन गर्न दिन नेपाल क्रिकेट संघ क्यानको ध्यानाकर्षण गराएका छन् । पाँचौं संस्करणको इपीएल आयोजनका लागि तयारी भइरहेका बेला क्यान आफैले नेपाल टी २० लिग घोषणा गरेपछि उनीहरुले एभरेष्ट प्रिमियर लिग सञ्चालन गर्न दिन ध्यानाकर्षण गराएका हुन् । सोमाबर काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले नेपालको क्रिकेट विकासका लागि ईपीएलको महत्वपूर्ण भूमिका रहेको भन्दै अहिले आएर क्यानले यसलाई नजरअन्दाज गर्न नहुने बताएका छन् । पत्रकार सम्मेलनमा इपीएल प्रमुख आमिर अख्तरले नेपाली क्रिकेटको विकासमा लाग्दा लाग्दै पनि निराश बन्नु पर्ने दिन आएको बताउनुभयो । उहाले इपीएल विश्वस्तरको प्रतियोगिता भइरहेका बेला क्यानले प्रतियोगिताका लागि समय नदिएको गुनासो गर्नुभयो । कुनै नयाँ विदेश कम्पनीलाई विश्वास गर्दा, नेपालको क्रिकेट विकासका लागि लागेको कम्पनीलाई किन हेला गर्न खोजेको आभाष भएको उहाको भनाई छ । पत्रकार सम्मेलनमा क्लब सञ्चालकहरुले इपीएलले निरन्तरता पाउनुपर्ने धारणा राखेका थिए ।

उनीहरुले
क्यान नभएको अवस्थामा आईसीसीसँग समन्व्य गरेर आफुहरु अघि बढेकाले अहिले क्यानको सहजीकरण मात्र खोजको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *