May 20, 2024

लुम्बिनी अल स्टारले पोखरा एभेन्जर्सलाई पराजित

पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ । टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा लुम्बिनी अल स्टारसँग ३ विकेटले पराजित हुँदै पोखराले तेस्रो हार व्यहोर्न बाध्य भयो । लुम्बिनीको भने यो लगातार तेस्रो जित हो । पोखराले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले अन्तिम बलमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । लुम्बिनीका लागि कुशल भुर्तेलले ३९ तथा शाडले क्लाउड भान शाल्कविकले अविजित ३१ रन बनाए । उन्मुक्त चन्दले २२ रन बनाए । अनिल शाहले १९ रन बनाउँदा गुलसन झा १० रनमा आउट भए । पोखराका लागि विपिन खत्री र कुशल मल्लले समान २÷२ तथा प्रतिश जिशी, अभिमन्यु मिथुन र जाहिर खानले समान १÷१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो । पोखराका लागि कुशल मल्लले ३१ बलमा ५ चौका र ५ छक्काको सहयोगमा ६१ रनको अर्धशतकिय ईनिङ खेले । उपुल थरंगाले ४२ रन जोड्दा अन्यले दोहारो अंकमा रन बनाउन सकेनन् ।

लुम्बिनीका लागि शाडले क्लाउड भान शाल्कविकले ३ तथा किशोर महतो र गुलसन झाले समान २÷२ विकेट लिए । प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ ।प्रतियोगिताको विजेताले ५५ लाख पाउने जनाएको छ ।

2 thoughts on “लुम्बिनी अल स्टारले पोखरा एभेन्जर्सलाई पराजित

  1. Depois que a maioria dos telefones celulares for desligada, a restrição à entrada incorreta de senha será suspensa. Neste momento, você pode entrar no sistema por meio de impressão digital, reconhecimento facial, etc.

  2. Para esclarecer completamente suas dúvidas, você pode descobrir se seu marido está traindo você na vida real de várias maneiras e avaliar quais evidências específicas você tem antes de suspeitar que a outra pessoa está traindo.

Leave a Reply

Your email address will not be published. Required fields are marked *