December 5, 2023

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लिला गिरी नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लिला गिरी नियुक्त हुनुभएको छ । बुधबार प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मूख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । त्यसअघि एमाले–नेकपा माओवादी केन्द्रको गठबन्धनको तर्फबाट गिरीले ५८ जना सांसदको समर्थनसहित बुधबार नै प्रदेश प्रमुख शेरचन समक्ष मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको थियो । प्रदेश प्रमुख शेरचनले बिभिन्न आठ दलका ५८ जना सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दावी गरेकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको जानकारी दिनुभयो । उहाले मुख्यमन्त्रीमा नियुक्त भएकामा गिरीलाई बधाई दिदै सफल कार्यकालको शुभकामना दिनुभयो ।त्यस्तै मुख्यमन्त्रीमा नियुक्त भएपछि गिरीले प्रदेशका आवश्यकतालाई अघि बढाउन र नागरिकका जिवनस्तर राजनीतिक परिवर्तनबाट सम्बोधन हुनुपर्छ भन्ने सोचका साथ जिम्मेवारी अघि बढाउने बताउनुभयो । आफुलाई समर्थन गरेका र समर्थन बाहिर रहेका दलहरुलाई एकसाथ लिएर प्रदेश सरकारको दायित्व पुरा गर्ने उहाको भनाई । मुख्यमन्त्री गिरीले देउखुरीमा राजधानीलाई व्यवस्थीत गर्ने र प्रदेशलाई समृद्ध बनाउने काम नै मुख्य हुने भन्दै मन्त्रीमण्डलको आकार सानो बनाउने सोचमा रहेको धारणा राख्नुभयो ।

गिरीलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जनाको समर्थन रहेको छ । गिरीले बिहीबार पद तथा गोपनियताको सपथ लिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *