October 26, 2021

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

This image has an empty alt attribute; its file name is vediography2-3.gif
Kul Prasad KC appointed Lumbini CM - Bhagawati Pandey - Setopati
This image has an empty alt attribute; its file name is dhyan-chaksu.gif

नेपाली कांग्रेस बुटवल नगरले बाढी र पहिरोका पिडितहरुलाई तत्काल राहत दिन माग गर्दै लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।मंगलबार काँग्रेसका नवनिर्वाचित बुटवल उपमहानगरपालिकाका सभापति खेलराज पाण्डे सहितको टोलीले मुख्यमन्त्री केसीलाई भेटेर बाढी र पहिरो प्रभावितका लागि प्रदेश सरकारले केही राहत तथा पुनःस्थापना प्रदान नगरेको भन्दै ध्यानाकर्षण पत्र बुझाएको हो । नगर समितिले बुटवलको ज्योतिनगर पहिरो तथा तिनाउ नदी कटान पीडितहरुका लागि उद्दार, राहत तथा पुनःस्थापनाको माग गरेको छ । काँग्रेसका नव निर्वाचित नगरसभापति पाण्डेले घटना भएको एक महिना वितिसक्दा पनि सरकारले प्रभावितहरुको लागी केही राहत तथा पुनःस्थापना नगरेको भन्दै तत्काल राहतका कार्यक्रमहरु ल्याउन आग्रह गर्नुभयो । उहाँले बुटवलको राजमार्ग चौराहदेखि गोलपार्क सम्मको ६ लेन सडक विस्तार, कालिका पथ सडक विस्तार तथा बेलबास बेथरी सडक विस्तारलाई समेत तीब्रता दिन आग्रह गर्नुभयो ।

ध्यानाकर्षण पत्र बुझ्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पहिरो तथा बाढी प्रभावितका लागी राहत दिन सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालयले पहिरो तथा बाढी प्रभावितहरुको तथ्याङ्क संकलन गरिरहेको बताउदै दशै अघि नै राहत दिने गरी प्रदेश सरकारले तयारी थालेको बताउनुभयो ।भदौ १३ गते झरेको पहिरोले बुटवल–३ ज्योतिनगरका दर्जनौ घर परिवार विस्थापित भएका छन् भने भदौ ११ गते आएको वर्षाले बुटवल–११, बुद्धनगरका आधा दर्जन बढी घर–परिवार घरबार विहिन बनेका छन् ।

This image has an empty alt attribute; its file name is website-1.gif

Leave a Reply

Your email address will not be published.