December 1, 2023

लैङ्गिक बिभेदलाई अन्त्य गर्न आवश्यक नीति र कानुनको निमार्ण गर्दै प्रभावकारी कार्यान्वयन

Bidhya-Bhandari-rastrapati-of-nepal - Nepal24Hours.com - 'Integration  Through Media' Nepal24Hours.com – 'Integration Through Media'

राष्ट्रपति विद्यादेवी भण्डारीले समाजमा कायमै रहेको लैङ्गिक बिभेदलाई अन्त्य गर्न आवश्यक नीति र कानुनको निमार्ण गर्दै प्रभावकारी कार्यान्वयनको लागि सम्बद्ध निकायको ध्यानाकर्षण गराउनुभएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सामुदायिक वन उपभोक्ता महासङ्घले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले छाउपडी, बोक्सी, दाइजो जस्ता कुप्रथालाई निर्मुल पार्न नसकेको भन्दै बिभेदलाई अन्त्य गर्न नीति र कानुनको निर्माण र कार्यान्वयनका लागि ध्यानाकर्षण गराउनुभएको हो । उहाले हालका कानुन र नीतिहरुको समुदाय स्तरमा छलफल गरेर सुधार गर्नुपर्ने धारणा राख्नुभयो । त्यस्तै उहाले समाजवाट लैङ्गिक हिंसा अन्त्य गनै पुरुष र महिला दुवैको सक्रियता आवश्यक पर्ने उल्लेख गर्नुभयो ।

amir

वन व्यवस्थापका माध्यमबाट जनताको जिविकोपार्जनका साथै मुलुकको आथिएक बिकासका लागि पनि भूमिका निर्वाह गर्न उहाले सामुदायिक वन उपभोक्ता महासङ्घलाई आग्रह गर्नुभयो ।कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घका पदाधिकारीले सामुदायिक वन उपभोक्ता समितिमा कम्तिमा पनि ५० प्रतिशत महिलाको अनिवार्य उपस्थीतिको व्यवस्था गरेको जानकारी गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *