July 29, 2021

लोकतन्त्र नै खतरामा परेकोले नयाँ जनादेशको लागि सिफारिश

Oli had something no Nepal govt since 1959 did. But his party is still  imploding

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संविधान नै खतरामा परेकोले नयाँ जनादेशको लागि सिफारिश गर्नुपरेको बताउनुभएको छ ।शनिबार नेकपा काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले देशी बिदेशी षडयन्त्रका कारण लोकतन्त्र र संविधान नै खतरामा परेकाले मध्यावधि निर्वाचनमा जाने निर्णय गरिएको बताउनुभयो ।प्रधानमन्त्री ओलीले संसद पूनःस्थापना कुनैपनि हालतमा नहुने जिकिर पनि गर्नुभयो । पार्टीहरु चुनावको लागि तयारी गरिरहेको र सुरक्षा निकायले चुनावको तयारी गरिरहेकोले अब चुनाव समयमै हुने उहाल बताउनुभयो ।देशलाई माया गर्ने शक्तिलाई जनताले मत दिने पनि दाबी गर्दै ओलीले दुई वटा अंक भएको सिट ल्याएर देखाउन प्रचण्ड र माधव नेपाल पक्षलाई चूनौति पनि दिनुभयो । सम्बोधनको अधिकांश समय प्रचण्ड–नेपालको आलोचनामा खर्चनुभएका ओलीले निर्वाचन आयोगमा अर्को पक्षले दिएको निवेदन औचित्यहीन रहेको तर्क गर्नुभयो । आफू नेतृत्वको सरकारको राष्ट्रिय लक्ष्य भारतका प्रधानमन्त्री र चीनको राष्ट्रपतिलाई समेत चासो भए पनि प्रचण्ड र नेपाललाई कुनै मतलब नभएको उहाले बताउनुभयो ।

भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री इश्वर पोखरेलले पद प्राप्तीका लागि जस्तोसुकै कार्य गर्ने मानसिकता कारण पार्टीमा विभाजन आएको बताउनुभयो । प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पुस्ता हस्तान्तरणमा तयार नभएको उहाले आरोप लगाउनुभयो ।त्यस्तै गृहमन्त्री रामबहादुर थापाले राजनीतिक कू लाई रोक्न सरकारले संसद विघटन गर्नुपरेको बताउनुभयो । उहाँले सरकारले चालेको कदम अदालगतमा प्रवेश गरिसकेकोले यो कदम अग्रगामी हो वा होइन भन्ने कुरामा अदालतले फैसाला दिने धारणा राख्नुभयो ।नेकपाका नेता एवं शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले सूर्य चिन्ह ओली नेतृत्वको नेकपाको हुने र आगामी निर्वाचनमा त्यही चिन्हबाट चुनाव लडेर बहुमत ल्याउने दावी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.